एमाले संसदीय दलको उपनेतामा नेम्वाङ


     एभरेस्ट आवाज    
     फागुन २९ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । नेकपा (एमाले)को संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिइएको छ । पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई आज संसदीय दलको उपनेतामा मनोनयन गरेका हुन् ।

इलाम–२ बाट विजयी नेम्वाङ एमालेका उपाध्यक्षसमेत हुन् । २०५१ सालमा न्याय, कानुन तथा संसदीय व्यवस्थामन्त्री हुनुभएका नेम्वाङ २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख तथा पहिलो र दोस्रो संविधानसभाको अध्यक्ष थिए ।

अध्यक्ष ओलीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।