पोखरा । जापानी मार्शल आर्ट आईकिदो आईकिकाइको चौंथो अन्तराष्ट्रिय सेमिनार काठमाण्डौंमा सम्पन्न भएको छ ।
तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा नेपालसहित ६ वटा देशका खेलाडी तथा अभिभावकको सहभागिता रहेको थियो ।
सम्मेलनमा आईकिदो प्रधान कार्यालय जापानका इतो माकोतोंको विशेष उपस्थिती रहेको आईकिदो आईकाई संघ नेपालका सचिव विनय श्रेष्ठले जानकारी दिए । नेपाल, भारत, रसिया, सिंगापुर, अष्ट्रेलिया, दुबई लगायतका देशबाट ५२ जना खेलाडी तथा उनीहरुका अभिभावक सम्मेलनमा सहभागि थिए ।
शान्ति र सद्भावको कलाका रुपमा समेत परिचित यो खेल शालिनताका साथ खेलिने गर्दछ । यसलाई आत्मरक्षाको मार्शल आर्ट भनेरपनि चिन्ने गरिएको सचिव श्रेष्ठले बताए उनका अनुसार यो खेल विश्वका १४० देशमा खेल्ने गरिएको छ ।
नेपालमा संस्थाले बिगत १४ बर्ष देखि यसको प्रशिक्षण दिदैं आएको सचिव श्रेष्ठले जानकारी दिए । शुरुमा यस खेलका लाई नेपालमा अर्जुन श्रेष्ठ गुरु भित्र्याएका हुन् ।
संघले नेपालका काठमाण्डौ, पोखरा र तनहुँ लगायतका डोजो र विद्यालयहरूमा प्रशिक्षण दिँदै आएको छ ।
संघले यसअघि यस्तै कार्यक्रम पहिलो सम्मेलन पोखरामा र दोश्रो र तेश्रो सम्मेलन काठमाण्डौंमा गरेको थियो । सम्मेलनले अन्तराष्ट्रिय भाईचारा बढाउनुका साथै यहाँको पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुगेको सचिव श्रेष्ठले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







