कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


     एभरेस्ट आवाज    
     चैत्र १ गते २०७९ मा प्रकाशित




फाइल तस्बीर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उपराष्ट्रपतिको निर्वाचन, प्रतिनिधिसभाको उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । उपराष्ट्रपति चयनका लागि यही चैत ३ गते मतदान हुँदैछ ।

यसैगरी प्रतिनिधिसभा सदस्य रिक्त भएका चितवन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र १ मा उपनिर्वाचन हुने भएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।