उपराष्ट्रपति निर्वाचन : किरियापुत्रीद्वारा मतदान


     एभरेस्ट आवाज    
     चैत्र ३ गते २०७९ मा प्रकाशित




सङघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार उपराष्ट्रपति पदका लागि मतदान गर्दै क्रियापुत्री सांसद प्रकाश बराल । तस्बिर :रासस

काठमाण्डौं । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बरालले किरियापुत्रीकै अवस्थामा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिएका छन् । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२)का प्रदेशसभा सदस्य बरालले मतदान गरेका हुन् ।

पिता लोकराजको निधनमा आशोच बारिरहेका बरालले आज बिहान पोखराबाट हवाई जहाजमार्फत गएर मतदान गरेका हुन् । उनी आजै दिउँसो पोखरा फर्कँदै छन् ।

राससको जिज्ञासामा उनले भने, “संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ ।” रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।