तनहुँ । तनहुँको भिमाद नगरपालिकाका नगरप्रमुख दधिराम सुवेदीले आगामी वर्षदेखि खेल क्षेत्रमा वजेट विनियोजन गर्ने आश्वासन दिएका छन् । भिमादमा आजदेखि सुरू भएको दाश्रो जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
स्थानिय सरकारसंग वजेटको आकार सिमित हुने भएकोले खेलकुद जस्तो महत्वपूर्ण क्षेत्रको दिगो विकासका लागि पहल गर्न असमर्थ भएको स्विकार्दै उनले आगमी वर्षदेखि स्थानिय सरकारले खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि वजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले विगतका वर्षहरुमा भन्दा केन्द्र सरकारले वजेटको आकार घटेर आएकाले स्थानिय सरकारले धेरै महत्वपूर्ण विकासका कार्यहरु गर्न कठिन रहेको गुनासो गर्दै उनले भिमाद लगायत जिल्लालाई खेलकुदको माध्यमबाट अगाडि बढाउन खेलकुदका पदाधिकारीहरुसंग बृहत छलफल गरि आवश्यक कदम लिने बताए ।
आईटीएफ तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष घम बहादुर थापाले स्थानिय स्तरबाटै खेल र खेलाडीको पहिचान गरि त्यसका विकासका लागि स्थानिय सरकारले नै ध्यान दिन जरुरी रहेको औल्याए । भिमादमा मात्रै नभई सिंगो गण्डकी प्रदेशमै खेलकुदका प्रयाप्त पुर्वाधार नहुदा खेलाडीहरु कठिन अभ्यासका बावजुट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान दिलाईरहेको स्मरण गर्दै देशका तिनै तहले यसमा ध्यान दिन आवश्यक रहेको बताए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास तनहुँका अध्यक्ष अनिल पाण्डेले खेलकुद क्षेत्र स्वास्थ्य र मनोरञ्जनको माध्यमसंगै पछिल्लो क्रममा अर्थतन्त्रको मेरुदण्डको रुपमा पनि हेरिएकोले सम्पूर्ण निकायले एकताबद्ध भई यसको विकासमा लाग्न आग्रह गरे । विश्व कपले कतारको अर्थतन्त्र बृद्धिमा सघाउ पुगेको उदाहरण दिँदै उनले सरकारले खेल पर्यटनको माध्यमबाट देशको विकास गर्न आवश्यक वजेट विनियोजन गर्न आग्रह गरे ।
नगर खेलकुद विकास समिति भिमादका अध्यक्ष प्रेम बहादुर थापामगरले नगर भित्र खेलकुदका पुर्वाधारहरु निर्माणको प्रक्रियाका लागि आवश्यक पहल भैरहेको जानकारी दिए ।
यसअघि आईटीएफ तेक्वान्दो संघ तनहुँ जिल्ला आकाशचन्द्र घर्तीमगरले स्थानिय अभिभावकलाई खेलको महत्व बुझाउन एकल प्रयासले मात्रै प्रर्याप्त नहुने भन्दै स्थानिय सरकारले पनि अभिभावक र खेलाडीहरुका विच रचनात्मक कार्यक्रमहरु सञ्चालनका लागि पहल गर्न आग्रह गरे । उनले स्थानीय सरकार र भिमादका विभिन्न संघसंस्थाहरुले आवश्यक सहयोग गरेमा अर्को वर्ष प्रत्येक विद्यालयमा निशुल्क आत्मरक्षा तालिमहरु सञ्चालन गर्ने, तनहुँमा धेरै बालबालिकालाई खेलमा समावेश गरि भविष्यमा संख्यात्मक र गुणात्मक रुपमा खेलाडी उत्पादन गर्ने योजना रहेको सुनाए । देशमा दिनप्रतिदिन भैरहेको किशोरीहरुमाथीको यौनजन्य हिंसालाई मध्येनजर गर्दै खेलक्षेत्रलाई अब आत्मरक्षाको सारथी बनाउन आवश्यक रहेको उनको भनाई छ ।
कार्यक्रममा आइटीएफ तेक्वान्दो संघ गण्डकीका उपाध्यक्ष सुरज सुनार ,सदस्य विक्रम सुनार, विशाल बुढामगर,नगर उद्योग वाणिज्य संघका अध्यक्ष हस्त बहादुर खड्का,नगर खेलकुद विकास समिति भिमादका उपाध्यक्ष नवीन कुमार श्रेष्ठ,जिल्ला आईटीएफ तेक्वान्दो संघका उपाध्यक्ष उत्तम थापा लगायतकाे उपस्थित रहेकाे थियाे ।
प्रतियोगिता भिमाद नगरपालिका वडा न. ६ स्थित नगर उद्योग बाणिज्य संघ को सभाहलमा भैरहेको छ । कार्यक्रममा जिल्ला अन्तर्गतका विभिन्न ५ दोजाङका करिव १ सय ५० खेलाडीको सहभागी रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा २६ स्वर्ण,२६ रजत र ५२ काश्य पदकका लागि प्रतिस्पिर्धा हुदैछ । प्रतिभावान खेलाडीहरुको पहिचान तथा प्रोत्साहन, खेलाडीहरुको स्तरियता अभिवृद्धी, ग्रामिण भेगमामा खेलको महत्व बुझाउनुका साथै खेल पर्यटन मार्फत जिल्लालाई अग्रसर गराउने उद्धेश्यले सञ्चालन गरिएको प्रतियोगिता भोली सकिनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







