ने.रे.सो. उपशाखा ८ को बार्षिक साधारण सभा सम्पन्न


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०७९ मा प्रकाशित




चैत ४ पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–८, उपशाखा, कास्कीको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन जनप्रिय क्याम्पस संचालक समिति अध्यक्ष विरेन्द्र नारायण विजुक्छेले गरे । उनले प्राकृतिक विपत्तिमा रेडक्रसले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा डोलराज पाण्डे, परशुराम बराल, हरि प्रसाद बराल, पवित्रा के.सी., सोमनाथ बराल, गणेश बहादुर अधिकारी र श्रीराम बराल लगायतले बालेका थिए ।

कार्यक्रममा रेडक्रसको सात सिद्धान्त वाचन गौरी पौडेलले गरेकी थिइन भने स्वागत कूलमाया पौडेलले र कार्यक्रमको संचालन पोखरा–८, उपशाखाका सचिव दानबहादुर गुरुङले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।