सभामुख घिमिरेको अभिव्यक्तिप्रति प्रेस सेन्टर नेपालको भर्त्र्सना


     एभरेस्ट आवाज    
     चैत्र ५ गते २०७९ मा प्रकाशित




पोखरा, चैत ५

प्रेस सेन्टर नेपालले सभामुख देवराज घिमिरेलाई माफी मागेर अभिव्यक्ति फिर्ता लिन आग्रह गरेको छ । सभामुख घिमिरेले समग्र पत्रकार र पेशा माथि नै आक्षेप लगाउने अभिव्यक्ति दिएकोप्रति भत्र्सना गर्दै सो अभिव्यक्तिप्रति माफी मागेर अभिव्यक्ति फिर्ता लिन प्रेस सेन्टरले सभामुख घिमिरेलाई आग्रह गरेको हो ।

सभामुख घिमिरेले केहि दिनअघि मात्र पत्रकारहरु बिक्रिमा रहेको र पित पत्रकारिता गरिरहेको आरोप लगाएका थिए । सोहि विषयमा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा (जुगल)ले प्रेस सेन्टर कास्कीको साधारण सभामा बोल्दै भनेका छन्,‘सभामुखको धारणा अभिव्यक्ति माथिको आक्रमण हो । यसप्रति प्रेस सेन्टर नेपालको गम्भीर आपत्ती छ र सो अभिव्यक्तिमाथि भत्र्सना गर्दै खेद व्यक्त गर्दछ ।’

अध्यक्ष सापकोटाले सभामुखको अभिव्यक्ति समग्र पत्रकारितालाई बद्नाम र कमजोर बनाउनेगरी आएको बताए । उनले भने, ‘मेरो अपिल र आग्रह छ ः अभिव्यक्ति पत्रकारितालाई लाञ्छित गर्ने उद्देश्यले आएकाले अविलम्व माफी मागियोस् र शव्द फिर्ता लिइयोस् ।’ उनले अभिव्यक्ति फिर्ता नलिए र माफी नमागे प्रेस सेन्टर नेपालले सभामुखमाथिपनि त्यहि अनुसारको व्यवहार गर्ने चेतावनी दिए । हाम्रो पत्रकारिता र पेशा सबैभन्दा राम्रो हो र उत्कृष्ट छ भन्ने होईन,उनले अगाडि थपे,‘हामी पत्रकारहरु सबै दूधले धोएका छैनौं । हामीमापनि कमजोरीहरु छन् । हाम्रो पेशामा पनि केही सीमाहरु छन् । केहि समस्याहरु छन् । यसोभन्दैमा समग्र पत्रकार र पेशामाथि आक्षेप लगाउन पाईंदैन ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।