पोखरा । पोखरा महानगरपालिका र घोराही उपमहानगरपालिकाको न्यायिक समितिबीच न्याय सम्पादनका अनुभव आदानप्रदान भएको छ । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमकुमारी डिसी र पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जु गुरुङले न्याय सम्पादनबारे आ–आफ्ना अनुभव आदानप्रदान गरेका हुन् ।
उपप्रमुख डिसीको टोलीमा घोराही उपमहानगरपालिका प्रशासकीय अधिकृत भोजराज घिमिरे, वडासदस्यहरु धर्मराज चौधरी, मोहनराज आचार्य, उपेन्द्र अङ्गेली, ओमप्रकाश बस्नेत, गोपाल खड्का, तारा पुरी लगायतको सहभागिता रहेको थियो ।
उक्त टोलीले पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङसँग पोखरा महानगरपालिकामा न्याय सम्पादनमा भइरहेका असल अभ्यास, समस्या र चुनौतीबारे छलफल गर्दै अनुभव आदानप्रदान गरेका हुन् । भेटमा उपप्रमुख गुरुङले महानगरले न्यायिक समितिमा आउने विवादका प्रकृति, अवस्थालगायत समग्र महानगरकाको विषयमा जानकारी गराए।
पोखरा महानगरमा विवादको अवस्था हेर्दा मानाचामल, जग्गाको विवाद, ज्येष्ठ नागरिकलाई लालनपोषण नगरेको, साँध सिमाना मिचेको लगायतका विवाद बढी आउने गरेको बताए । उनले विवाद समाधानका लागि वडाहरुमा मेलमिलाप केन्द्र स्थापना, मेलमिलापकर्ताको सूचीकृत लगायतका बारेमा जानकारी गराएका थिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







