पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले Digital pedagogy for ICT and 21st century skills Integration सम्बन्धी एकदिने कार्यशाला सम्पन्न गरेको छ।
प्रविधिमैत्री शिक्षक समाज नेपालका महासचिव देवीप्रसाद शर्माले कार्यक्रममा स्वागत गर्दै शिक्षकका लागि प्रविधिमा पहुँच पुर्याउन, बदलिँदो समय अनि हालै परिवर्तन भएको विद्यालय तहको पाठ्यक्रम मात्र नभएर उच्च शिक्षामा आजको प्रविधिलाई सिकाइमा जोड्न र प्रविधिका नवीनतम् आयामका बारेमा जानकारी दिने उद्देश्यले कार्यशालाको आयोजना गरिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महापालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले कार्यक्रमको उद्घाटन गर्दै शिक्षकहरुलाई प्रविधि सम्बन्धी सिप सिकाउने र कक्षाकोठा प्रविधि मैत्री बनाई प्रविधिमैत्री वातावरणमा अध्यापन गराउने विषयमा प्रविधि मैत्री शिक्षक समाजसँग आगामी दिनमा हातेमालो गर्दै जाने बताए।

कार्यशालामा त्रिभुवन विश्वविद्यालय तथा नेपाल खुल्ला विश्वविद्यालयका प्रशिक्षहरुहरू डा. जीवन खड्का, डा.वेद प्रसाद ढकाल, रोमकान्त पाण्डे, डा.जीवन खनाल, प्रा. डा. तारादत्त भट्ट लगायतले प्रशिक्षण दिएका थिए। कार्यक्रम सम्पन गर्न 21st CS Nepal, NOU/TU,JAMIK Finland,HAMK Finland का professors Graham Burns , Eila Burns , Seija Koskela , Kirsi Korkealehto , Irmeli Lignell and Simo Uusinokka लगायतको सहयोग र उपस्थिति थियो।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले कार्यशालाले शिक्षकको ज्ञानको दायरा बढाउनुका साथै क्षमता र सक्षमतामा योगदान पुर्याउने हुनाले यस्ता कार्यशाला निरन्तर गर्न सुझाउँदै आफ्नो तर्फबाट पनि सहयोग रहने बताए । पोखराको माउन्ट कैलाश रिसोर्टमा सम्पन्न कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाज नेपालका महासचिव देवीप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रविधिमैत्री समाज नेपाल गण्डकी प्रदेश संयोजक श्रीकान्त पौडेलले गरेका थिए ।
एक दिने कार्यशालामा पोखराका विभिन्न विद्यालयका प्रध्यानाध्यापक र शिक्षकहरु गरि तीस जनाको सहभागिता रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







