चैत्र ६ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट तीन महिनामा दोश्रो पटक विश्वासको मत लिन सफल भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सोमबार बसेको प्रतिनिधि सभाको बैठकबाट दोस्रो पटक विश्वासको मत लिएका हुन् । प्रतिनिधि सभा बैठकमा भएको मतदानामा दाहालको पक्षमा १७२ मत परेको थियो भने विपक्षमा ८९ मत मत परेको थियो । संसदमा सांसदहरुको मत विभाजनको आधारमा मतदान हुँदा प्रचण्डलाई बहुमत प्राप्त भएको हो ।
सोमबारको बैठकमा उपस्थित २६२ सांसद उपस्थित थिए र जसमा नेमकिपा ’मत दिन्न’ भन्ने पक्षमा उभिएको थियो ।
चुनावी गठबन्धन त्यागेर एकाएक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर प्रचण्ड पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका थिए ।
सरकार गठन र सभामुख चयनका बेला तय भएको सत्तारुढ गठबन्धनलाई प्रधानमन्त्री आफैंले परित्याग गरी राष्ट्रपति निर्वाचनमा अर्कै समीकरणमा लागेपछि प्रधानमन्त्री दाहालले तीन महिनाको अन्तरालमा दोश्रो पटक संसद्बाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाका…





