केही दिनभित्रै सरकारलाई पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड


     एभरेस्ट आवाज    
     चैत्र ६ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । अबको केही दिनभित्रै सरकारलाई पूर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन गरेका सबै दलहरुसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने पनि जानकारी दिए ।

उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अव सरकार काममा केन्द्रित हुने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।