गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल


     एभरेस्ट आवाज    
     चैत्र ७ गते २०७९ मा प्रकाशित




राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज राष्ट्रपति भवन शीतल निवास पुगेका सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौँका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।

उनले ग्रामीण क्षेत्रका गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्ने तथा निमुखालाई न्याय र विपन्नलाई आयको वातावरण मिलाउनुपर्नेमा जोड दिए । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रलाई राष्ट्रपति पौडेलले नेपाली समाज, संस्था र राजनीतिक दलको लोकतान्त्रिकरणमा प्रभावकारी भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।

केन्द्रका अध्यक्ष मधु आचार्यले राष्ट्रपति पौडेल सो पदमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थियो । अध्यक्ष आचार्य र महासचिव परमेश्वर पोखरेलले राष्ट्रपति पौडेललाई सम्मानपत्र प्रदान गरेका थिए। रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।