गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समिति सदस्यमा पौडेल, न्यौपाने र आत्रेय मनोनित


     एभरेस्ट आवाज    
     चैत्र ७ गते २०७९ मा प्रकाशित




पोखरा, चैत ७
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटीको साझेदारीमा पोखरा महानगरपालिकाद्वारा संचालित गण्डकी बहु–प्राविधिक शिक्षालयको संचालक समितिमा रिक्त सदस्यहरुको पद पूर्ति गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा सोमबार बसेको गण्डकी बहु–प्राविधिक शिक्षालय संचालक समितिको १९ औं बैठकले बिभिन्न क्षेत्रको प्रतिनिधित्व हुनेगरी तीन जना सदस्य मनोनित गरेको हो ।
बैठकले शिक्षा क्षेत्रबाट प्राध्यापक डाक्टर सरस्वती न्यौपाने, उद्योग तथा व्यववसाय क्षेत्रबाट छत्रधर आत्रेय र नारायण पौडेललाई मनोनित गरेको छ । शिक्षालयको संचालक समितिमा चार जना मनोनित सदस्य रहने प्रावधान छ । समितिले यस अघि श्री रामपोखरेललाई मनोनित गरिसकेको छ ।
यसअघि उत्त mपदमा रहेका सदस्यहरुको कार्यअवधी सकिएकोले नयाँ सदस्य मनोनिति गरिएको हो । समितिमा मनोनित सदस्यको पदावधी तीन वर्षको रहने प्रावधान छ ।
गण्डकी बहुप्राविधिकशिक्षालय ऐन २०७६ अनुरुप, शिक्षालयको सम्पुर्ण नीति निर्माण तथा कामकार्वाहिको संचालन, रेखदेख तथा प्रवन्ध गर्नका लागि महानगरपालिकाका प्रमुख पदेन अध्यक्ष रहने गरि ९ जनाको संचालन समिति रहेको छ ।
प्राविधिक शिक्षा तथा व्यवासायिक तालीमलाइ प्रवद्र्धन गर्दै स्थानीय स्तरमै निम्न मध्यम स्तरिय प्राविधिक दक्ष जनशक्ति उत्पादन गरेर सक्षम, आत्मनिर्भर तथा स्वालम्वि जनशक्तिको तयार गरि स्थानीय स्तरमै उद्ययमशिलताको प्रवद्र्धन गर्न पोखरा प्राविधिक शिक्षालयको स्थापना गरिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।