चैत ७ पोखरा । चैत अन्तिम साताबाट पोखराको हेमजामा हुने राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई स्थानिय आमा समूहले सघाउने भएका छन् ।
यही चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म सञ्चालन हुने ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई सघाउने हेमजाका आमा सघाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । महोत्सव मूल आयोजक समितिले मंगलवार राखेको आमा समुहसंगको अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेको आयोजकले जनाएको छ ।
कार्यक्रममा कामधेनु महिला कृषक समूहकी पार्वती बानियाँ, तिब्रेकोट आमा समुहकी उषा कुँवर , सृजनशिल मिलन आमा समूहकी मिना कुँवर, सिद्धिविनायक आमा समुहकी अध्यक्ष पार्बती थापा, राधा कृष्ण आमा समुहकी सृजना सापकोटा, देविस्थान आमा समुहकी बुद्ध कुवर, सृजनशिल आमा समुहकी सचिब गीता बराल अधिकारी लगायतले आलु महोत्सवले हेम्जालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थरमा चिनाउने बताएका थिए ।
सो अवसरमा मूल आयोजक समिति संयोजक सुविन श्रेष्ठ, महासचिव वसन्तकुमार श्रेष्ठ, आमा समूह परिचालन उप समिति संयोजक उमा भुर्तेल पौडल , सांस्कृतिक उपसमिति संयोजक दान बहादुर थापा लगायतले सहजीकरण गरेका थिए ।
महोत्सव आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता ,कृषि कविता प्रस्तुति ,प्रदेशस्तरीय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







