तनहुँका ढकाललाई टोकियो कृषि विश्वविद्यालयद्वारा विद्यावारिधि प्रदान


     एभरेस्ट आवाज    
     चैत्र ८ गते २०७९ मा प्रकाशित




पोखरा । जापानको टोकियोस्थित टोकियो कृषि विश्वविद्यालयले तनहुँको भानु नगरपालिका-८ का दिपेन्द्र ढकाललाई उत्कृष्ट शोध-पत्र अवार्ड सहित विद्यावारिधि प्रदान गरेको छ । 

ढकालद्वारा विद्यावारिधि (Ph.D.) को लागि अनुसन्धान गरिएको ‘नेपालको ग्रामिण समुदायमा विपद्ले पार्ने सामाजिक तथा आर्थिक  प्रभाव र समुदायमा आधारित विपद् व्यवस्थापन’ विषयक शोध-पत्रलाई विश्वविद्यालयको कृषि अर्थशास्त्र विभागले उत्कृष्ट ठहर गर्दै अवार्ड सहित विद्यावारिधिको उपाधि प्रदान गरेको हो । 

मार्च २०,२०२३ मा विश्वविद्यालयको दीक्षान्त समारोहको अवसरमा उनलाई उपाधि प्रदान गरिएको जनाईएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।