भारतीय पेन्सन क्याम्प पोखरामा इन्टर बटालियन भू.पू.भलिबल च्याम्पियनसिप शुरु , १६ टिमको सहभागिता


     एभरेस्ट आवाज    
     चैत्र ८ गते २०७९ मा प्रकाशित




पोखरा । भारतीय राजदुतावास पेन्सन बितरण कार्यालय पोखराद्वारा आयोजित थर्ड इन्टर बटालियन भू.पू.भलिबल च्याम्पियनसिप प्रतियोगिता क्याम्प परिसरमा बुधवारदेखि शुरु भएको छ । प्रतियोगिताको पेन्सन बितरण कार्यालय पोखराका प्रमुख ले.कर्णेल प्रशान्तसिंह बघेलले रेफ्रिलाई बल हस्तान्तरण गरि उद्घाटन गरेका हुन् ।

च्याम्पियनसिपमा गोर्खा राइफल्समा आबद्द १६ वटा टिमको सहभागिता रहेको क्याम्पका बरिष्ठ कर्मचारी भरतभुषण पाण्डेले एभरेस्ट आवाजलाई जानकारी दिए । २/१ जि.आर. र ६/८ जि.आर.बिच भएको उद्घाटन खेलमा ६/८ जि.आर.ले २/१ जि.आर.लाई २/० को सोझो सेटमा जित हासिल गरेको छ । बुधबार नै ३/५ जि. आर. र ४/८ जि. आर. को बिचमा भएको खेलमा ३/५ जि.आर.ले २-० कै सोझो सेटमा ४/८ माथि बिजय प्राप्त गरेको छ भने तेश्रो खेलमा पेन्सन क्याम्प र ४/१ जि.आर.बिच भएको खेलमा पेन्सन क्याम्प २-१ ले बिजयी भएको छ ।
बरिष्ठ कर्मचारी पाण्डेका अनुसार बिजेतालाई नगद रु ४० हजार र मेडल, प्रमाण र उप बिजेतालाई नगद रु २५ हजार, मेडल र प्रमाण पत्र रहेको छ ।क्याम्पले भारतीय स्वतन्त्रता दिवसको ७६ औं बर्षगांठ (अमृत महोत्सव) को अवसरमा आयोजना गरेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।