मेघ गर्जनसहित वर्षाको सम्भावना


     एभरेस्ट आवाज    
     चैत्र ९ गते २०७९ मा प्रकाशित




हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । भालि शुक्रबार पनि लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भेगमा आंशिक बदली रहनुका साथै लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना छ ।

आज काठमाडौँमा मौसम सफा रहेको छ । बिहानैदेखि पारिलो घाम लागे पनि अपराह्नतिर हल्का वर्षाको सम्भावना छ । आज काठमाडौँको न्यूनतम तापक्रम ११ र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।