पोखरा, चैत ९
पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेबान) कास्कीको आठौं अधिवेशन तथा १९ औं साधारण सभा भोलि शुक्रबार हुने भएको छ । सिटी रेबान कास्कीको अधिवेशन तथा साधारण सभा शुक्रबार पोखरा सृजनाचोकस्थित साईमन पार्टी प्यालेसमा आयोजना हुनेछ । विहान ९ बजेदेखि शुरु हुने अधिवेशनको होटल व्यवसायी महासंघ केन्द्रीय अध्यक्ष दीनेशकुमार चुकेले उद्घाटन गर्ने कार्यक्रम तय भएको सिटी रेबान कास्कीका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।
अधिवेशनले नया नेतृत्व चयन गर्ने वर्तमान अध्यक्ष तिमिल्सिनाले बताए । उनका अनुसार नेतृत्व सर्वसम्मत चयनका लागि पहल शुरु भइसकेको छ ।
सिटी रेबान पोखरा नगर भित्र छरिएर रहेका होटल, रेष्टुरेण्ट, पार्टी प्यालेस, बार, गजल तथा क्याफेहरुको छाता संस्था हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







