काठमाण्डौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा प्रस्फुटन गर्न प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
वार्षिक कार्यक्रमअनुसार सरकारी प्रणाली क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवाप्रवाह तथा विकास निर्माणलगायत सार्वजनिक सरोकारका विषय एवं अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्न उक्त कार्यक्रम गर्न लागेको मन्त्रालयले एक सूचना प्रकाशित गरी जानकारी दिएको छ ।
उक्त प्रतिभा डबली कार्यक्रममा सहभागी हुन चाहने सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीले मन्त्रालयको वेबसाइटमा गएर यही चैत ३० गतेसम्म अनलाइनमार्फत प्रस्ताव पेस गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ । प्रतियोगीले आफ्नो प्रस्ताव पेस गर्ने क्रममा अडियो र भिडियो कपीसमेत अपलोड गर्नुपर्ने र सो अडियो–भिडियोमा आफ्नो परिचय खुल्ने कुनै किसिमको सामग्री राख्न नपाइने मन्त्रालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
नवीन सोच र इनोभेटिभ आइडिया पेस गरी शीर्ष १० मा पर्ने निजामती कर्मचारीले प्रत्यक्ष प्रस्तुतीकरणसमेत गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







