पोखरा । भारतीय राजदुतावास पेन्सन बितरण कार्यालय पोखराद्वारा आयोजित थर्ड इन्टर बटालियन भू.पू.भलिबल च्याम्पियनसिप प्रतियोगिता क्याम्प परिसरमा बिहिवार पनि जारी रहयो । बिहिवार पनि ३ खेल सम्पन्न भएको क्याम्पका बरिष्ठ कर्मचारी भरतभुषण पाण्डेले बताएका छन ।
प्रतियोगिताको पेन्सन बितरण कार्यालय पोखराका प्रमुख ले.कर्णेल प्रशान्तसिंह बघेलले बुधवार उद्घाटन गरेका थिए ।
गोर्खा राइफल्समा आबद्द १६ वटा टिमको सहभागिता रहेको च्याम्पियनसिपमा बिहिवार ३/८ बिरुद्द २/३ जि आर बिच भएको खेलमा २-० ले ३/८ जि.आर. बिजयी भयो । त्यस्तै ४/५ जि.आर.र १/९ जि.आर. बिच भएको खेलमा ४/५ जि.आर.ले २-० को सोझो सेटमा जित हासिल गरेको छ । २/८ जि आर र ३/९ जि आर बिचको बिहिवारको अन्तिम खेलमा ३/९ जि.आर.ले २/० कै सोझो सेटमा बिजय प्राप्त गरेको छ ।
बरिष्ठ कर्मचारी पाण्डेका अनुसार बिजेतालाई नगद रु ४० हजार र मेडल, प्रमाण र उप बिजेतालाई नगद रु २५ हजार, मेडल र प्रमाण पत्र रहेको छ ।क्याम्पले भारतीय स्वतन्त्रता दिवसको ७६ औं बर्षगांठ (अमृत महोत्सव) को अवसरमा आयोजना गरेको हो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







