आर्वा बहुउद्देश्यीय सहकारी संस्थाद्धारा रक्तदान कार्यक्रम


     एभरेस्ट आवाज    
     चैत्र १० गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा १३ आर्वा स्थित सुनडाँडामा सञ्चालित आर्वा बहुउद्देश्यीय सहकारी संस्था लि ,ले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ।

संस्थाले स्थापनाको अवसरमा आयोजना गरेको साताव्यापी कार्यक्रमहरु अन्तर्गत आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा सहकारीका कोषाध्यक्ष श्रीनाथ वाग्लेले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडानं १३ का वडा अध्यक्ष किरण बरालले पहिलो रक्तदाता बुद्धीराज बराललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम को शुभारम्भ गरेका थिए।

सो अवसरमा वडा अध्यक्ष बरालले सहकारी स्थापनाको पहिलो वर्षमा नै उल्लेख्य सामाजिक कार्यहरु गरेकोमा संस्थालाई धन्यवाद दिँदै सहकारी संस्थाहरु संग मिलेर सामाजिक तथा बिकाश निर्माणका कामहरुमा समेत वडा कार्यालय समन्वयगरी अगाडी बढ्न चाहेको बताए।

आर्वा बहुउद्देश्यीय सहकारी संस्था लि का अध्यक्ष नवीन बरालको अध्यक्षतामा भयको कार्यक्रममा जलेश्वर सर्वहित समाजका अध्यक्ष भीम बहादुर बराल, नवदुर्गा टोल बिकाश संस्थाका अध्यक्ष सुर्यप्रसाद बराल , सुनडाडा टोल बिकाश संस्थाका अध्यक्ष शम्भु बहादुर बराल, समाजसेवी अमरराज बराल, संस्थाकी सदस्य बिन्दु बराल लगायतले रक्तदानको महत्वका विविध बिषयमा प्रकाश पारेका थिए। संस्थाका सचिव सोभित बरालले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष बुध्दी बरालले गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।