दीपक बने सिटी रेबान कास्कीको अध्यक्ष


     एभरेस्ट आवाज    
     चैत्र १० गते २०७९ मा प्रकाशित




पोखरा, चैत १०

पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान) कास्कीको अध्यक्षमा साईमन पार्टी प्यालेसका सञ्चालक दीपक तिमिल्सिना चयन भएका छन् । सिटी रेवान कास्कीको शुक्रबार पोखरामा भएको आठौं अधिवेशन तथा १९ औं साधारणसभाले वर्तमान कार्यवाहक अध्यक्ष तिमिल्सिनालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसअघि अध्यक्ष पिताम्बर पौडेलले घरायासी समस्या देखाउँदै पदबाट राजिनामा दिएपछि तिमिल्सिना कार्यवाहक अध्यक्ष बनेका थिए ।

समितिको महिला उपाध्यक्षमा तुलसा जिसी, खुल्ला उपाध्यक्षमा रामप्रसाद ज्ञवाली, महासचिवमा मनोज केसी, सचिवमा केशव घिमिरे र कोषाध्यक्षमा प्रेम सापकोटा चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा बद्री पौडेल, बासुदेव दहाल, शरण गुरुङ, पार्वती लम्साल बराल, विष्णु शर्मा, सुनिता थिङ र लुमाकुमारी कुँवर चयन भएका छन् ।

यसअघि अधिवेशनको होटल व्यवसायी महासंघ केन्द्रीय अध्यक्ष दीनेशकुमार चुकेले उद्घाटन गर्दै बैंकहरुको चर्को ब्याजदरका कारण नीजि क्षेत्र धरासायी बनेको बताए । उनले गलत नीतिका कारण अहिले आर्थिक मन्दी चलिरहेको र यसले होटल तथा रेष्टुरेण्ट व्यवसाय चौपट भएको बताए । उनले ब्याजदर घटाएर लोनको पुर्नतालिकीकरण गर्न सकेमात्र व्यवसाय पुरानो लयमा फर्काउन सकिने उल्लेख गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।