फुटबलर गुरुङको आज अन्त्येष्टी गरिदै


     एभरेस्ट आवाज    
     चैत्र ११ गते २०७९ मा प्रकाशित




पोखरा, चैत ११

अन्र्तराष्ट्रिय फुटबल खेलाडी तथा फुटबल प्रशिक्षक डम्बरसिंह गुरुङको आज अन्त्येष्टी गरिने भएको छ । विहीबार निधन भएका गुरुङको आज शवयात्रासहित अन्त्येष्टी गरिन लागेको हो ।

पोखरा–३ नदीपुरस्थित गुरुङ निवासबाट पूर्वाह्न १० बजे शवयात्रा शुरु भई बगरहुँदै गाईघाटमा लगेर अन्त्येष्टी गरिने फोटो पत्रकार सुदर्शन रञ्जितले जानकारी दिए ।

स्वर्गिय गुरुङको श्रीमती, ३ छोरी र १ छोरा छन् ।

भूतपूर्व बेलायती सैनिक गुरुङ एन्फा यू–१४, यू–१६, आर्मी, एपीएफजस्ता ‘ए’ डिभिजन क्लबको पूर्व प्रशिक्षक हुन् । उनले सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडेमीमा सुरुआती समयदेखि करिब ६ वर्ष निःशुल्क प्रशिक्षण दिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।