पोखरा । देशनै नेकपा माओवादीको एजेण्डामा हिडेको केन्द्रिय सदस्य तेजकुमारी पौडेलले बताएकी छन् ।
शनिबार कास्कीको मादी गाउँपालिकामा पार्टीले आयोजना गरेको ‘जनतासँग माओवादी पार्टी कार्यक्रम’ अन्र्तगत मादी वडा नम्वर १० र ११ को संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य पौडेलले यस्तो बताएकी हुन् । उनले जनताको वास्तविक समस्या हल गर्ने पार्टीनै माओवादी भएको दावी गरिन् ।
पार्टीका केन्द्रिय सदस्य बखानसिंह गुरुङले आजको परिवर्तनको संवाहक नै माओवादी भएको बताए । उनले आफूहरुले राजनैतिक अधिकार प्राप्त गर्ने आन्दोलन गरिरहँदा कांग्रेस, एमाले कुन ठाउँमा थिए भन्दै प्रश्न गरे ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य कल्पना पाण्डले जनयुद्धका क्रममा महिलाले महत्वपूर्ण भूमिका खेलेको बताइन् । मादी गाउँपालिका इञ्चार्ज लालबहादुर गुरुङ,सचिव सन्तोष अधिकारी, महानगर कमिटी सदस्य सूर्यप्रकाश तिवारी, मित्रलाल गरुङ, बुद्धिबहादुर खनाल लगायतले कार्यक्रममा बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ६ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिनका लागि…





