सरिपाखा, हिलेखर्क, खुमैडाँडाहुँदै कोर्चङसम्मको सडक पर्यटकीय मार्ग घोषणा


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०७९ मा प्रकाशित




पोखरा, चैत १२

माछापुच्छ«े गाउँपालिकाले उत्तरी पर्यटकीय क्षेत्रमा रहेका चरिपाखा–कोर्चङ सडकलाई पर्यटकीय मार्ग घोषणा गरेको छ । पालिकाको शुक्रबार पर्यटकीय क्षेत्र खुमैडाँडामा बसेको बैठकले सरिपाखा, , हिलेखर्क, खुमैडाँडाहुँदै कोर्चङसम्मको सडकलाई पर्यटकीय मार्ग घोषणा गर्ने निर्णय गरेको हो । साथै त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश र संघ सरकारलाई आग्रह गर्ने निर्णयपनि बैठकले गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए ।

पर्यटकीय क्षेत्र घोषणा गरिएको चरिपाखा, खुमैडाँडा र कोर्चङ तीनवटै पर्यटकीय क्षेत्र हो । जहाँबाट माछापुच्छ«े हिमाल र अन्नपूर्ण हिमश्रृंखला नजिकबाट दृश्यावलोकन गर्न सकिन्छ । पोखराबाट नजिकको क्षेत्र र हिउँपनि पर्ने भएकाले सो क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको घुईंचो लाग्ने गर्छ । दशैंपछि नयाँ पर्यटकीय गन्तव्यको खोजीका क्रममा खुमैडाँडालाई ब्राण्डिङ र प्रवद्र्धन गर्न थालिएपछि यो ठाउँ अहिले सामाजिक सञ्जालमा भाईरल छ । कोर्चङबाट भने सूर्योदयको दृश्यावलोकनपनि गर्न सकिन्छ ।

गाउँपालिकाको बैठकले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्ने तथा ती पर्यटकीय क्षेत्रमा थुप्रिने गरेको फोहोरमैला व्यवस्थापन गर्नेपनि निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए । ‘पछिल्लो समय फोहोरमैला र जलवायु परिवर्तनको असर चुनौतिका रुपमा देखिएकाले त्यसको समाधान र न्यूनिकरणका लागि पहल गर्ने बैठकको निर्णय छ’–उनले भने ।

माछापुच्छ«े गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पालिकाको प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको खुमैडाँडामा बैठक राखेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । त्यस क्रममा सो क्षेत्रमा देखिएका समस्या र समाधानका लागि गर्नुपर्ने कामबारे जानकारी लिनुपनि बैठकको उद्देश्य रहेको उनको भनाई छ ।

समुन्द्री सतहदेखि ३ हजार २ सय ४५ मिटरको उचाईमा रहेको खुमैडाँडामा बैठक बस्न गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ र उपप्रमुख सीताकुमारी अधिकारी पोखराबाट हेलिकोप्टर चढेर गएका थिए भने कार्यपालिकाका सदस्यहरु पैदल मार्गबाट गएका थिए । फर्किदा भने अध्यक्ष र उपाध्यक्षपनि पैदल मार्गबाट फर्किएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।