मनाङमा नागरिक सुनुवाइ कार्यक्रम


     एभरेस्ट आवाज    
     चैत्र १३ गते २०७९ मा प्रकाशित




हिमाली जिल्ला मनाङमा नागरिक सुनुवाइ कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा नासो गाउँपालिका–१ तालमा समुदायमा प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले यस्ता कार्यक्रमले नागरिक र प्रहरीबीच समन्वय गराउन मद्दत पुग्ने बताए । नागरिक र प्रहरीबीचको सम्बन्ध सुमधुर बनाउन कार्यक्रम गरिएको उनले उल्लेख गरे ।

प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले समुदाय र प्रहरीबीच सम्बन्ध एकापसमा जोडिएकाले नागरिकलाई सचेत गराउन तथा समन्वय गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । यसबाट सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

ताल आमा समूहका अध्यक्ष कान्छी गुरुङले मनाङलाई पक्की सडकसित जोड्नपर्ने उल्लेख गदै गत वर्ष बाढीबाट पुगेको क्षतिको राहतका लागि पहल गर्न आग्रह गरे । ज्येष्ठ नागरिक आशबहादुर गुरुङले बाटो तथा पुल बनाउनुपर्ने र गाडीमा यात्रा गर्दा ज्येष्ठ नागरिकलाई सिटको व्यवस्था भए÷नभएको नियमितरुपमा निगरानी गर्नुपर्नेमा जोड दिए।

स्थानीय सिंहबहादुर गुरुङ, राजन गुरुङ र ललिता गुरुङले घरेलु हिंसा, झैझगडालगायत समस्या समाधानका लागि पहल गर्न सुझाव दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।