पोखरा । शान्तिपाटन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको १५ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको शान्तिपाटन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मोहन बहादुर कार्कीले बताए । जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाको अध्यक्षतामा पोखरा ६ शान्तिपथ स्थित भटट्राई पोल्ट्री फर्मको प्राङगणमा भएको कार्यक्रम रक्तदाता विनोद आचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । स्वाथ्य जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष कार्कीले बताए ।

मङगलबार सम्पन्न भएको उक्त कार्यक्रममा ३२ युनिट रगत संकलन गरिएको कार्यक्रम संयोजक मिना भटट्राईले जानकारी दिईन् ।
कार्यक्रमको सञ्चालन शान्तिपाटन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव मिरा पौडेलले गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







