पोखरा । गत फागुन २७ गते नुवाकोटको ककनीबाट सुरु भएको ‘सामना जनसङ्गीत अभियान’ धादिङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बागलुङ हुँदै पश्चिमरुकुम पुगेको छ ।
मध्यपहाडी लोकमार्ग छेउछाउका गाउँबस्ती र सहरलाई समेटेर नेपाल कम्युनिष्ट पार्टीले उक्त साङ्गीतिक अभियान चलाएको हो । अभियानमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घअन्तर्गत सामना सांस्कृतिक परिवारका २० कलाकार सहभागी छन् । अभियानको नेतृत्व सामनाका अध्यक्ष आरोहले गरिरहेका छन् ।
कला र गीत–सङ्गीतकामार्फत जनतालाई जागरुक र सुसूचित गर्न अभियान थालिएको सामनाका अध्यक्ष आरोहले बताए । जाजरकोट, सुर्खेत हुँदै अभियानमा सूदुरपश्चिमका पहाडी जिल्लामा पुग्नेछ । कार्यक्रम व्यवस्थापनमा स्थानीय पार्टी समिति र शुभेच्छुकहरूबाट सहयोग प्राप्त भइरहेको नेकपाले जनाएको छ ।
नेकपाका केन्द्रीय सदस्य एवं धवलागिरि इन्चार्ज विकिरण क्षेत्रीले साङ्गीतिक अभियानमा पार्टीको विचार सम्प्रेषणलाई पनि सँगसँगै जोडिएको बताए ।
उनले मध्यपहाडी लोकमार्गलाई आधार मानेर त्यस आसपासका जिल्लामा पहिलो चरणको साङ्गीतिक अभियान चलाइएको बताए । पश्चिमको यात्रा सकिएपछि दोस्रो चरणमा पूर्वी नेपालका पहाडी जिल्लामा जनसङ्गीत अभियान सुरु हुने उनको भनाइ छ ।
नेकपाका केन्द्रीय सदस्य क्षेत्रीले मुलुकको आमूल परिवर्तनका लागि एकीकृत जनक्रान्तिको आवश्यकता औँल्याए । नेकपालगायत विभिन्न कम्युनिष्ट पार्टी निकट कलाकारको अगुवाइमा ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’ पनि अहिले सञ्चालन भइरहेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ६ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिनका लागि…





