गण्डकी सरकारद्वारा करण केसीसहित चार क्रिकेट खेलाडीलाई नगद ५०\५० हजारसहित सम्मान


     एभरेस्ट आवाज    
     चैत्र १४ गते २०७९ मा प्रकाशित




पोखरा, चैत १४

गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरी अन्र्तराष्ट्रिय प्रतियोगितामा खेल्ने चार जना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक सदस्य तथा १९ वर्ष मूनिको राष्ट्रिय टिमका तीन सदस्य गरी कुल चार जना क्रिकेट खेलाडीहरुलाई नगद ५०÷५० हजारसहित सम्मान पत्र र खादा ओढाएर सम्मान गरेको हो । सम्मानित हुनेमा आईसिसी लिग डिभिजन लिग टु खेलेर नेपाललाई आईसिसी वल्र्डकप २०२४ को क्वालिफाईङमा पु¥याउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी तथा १९ वर्ष मूनिको वल्र्डकपमा पु¥याउन महत्वपूर्ण योगदान पु¥याउने अर्जुन कुमाल, दीपक डुम्रे र सुवास भण्डारी रहेका छन् । सम्मानित केसी बागलुङ नगरपालिका वडा नम्बर–८ सिगानाका हुन् भने गुल्मीमा जन्मिएका कुमाल पोखरा महानगरपालिका वडा नम्बर–६ बैदाम, डुम्रे स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नम्बर–१४ मा जन्मी हाल गण्डकी प्रदेशकै नवलपुर जिल्ला वर्दघाट तथा भण्डारी बागलुङ जिल्ला काठेखोलाका हुन् । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम तमुलगायतले सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले खेलाडीलाई हौसला दिदै प्रोत्साहन गर्नका लागि नगदसहित सम्मान गरिएको बताए । नगद सम्मानलाई सुदामाको कनिकासँग तुलना गर्दै उनले भने,‘हामी यो कम रकम हो तर हौसला र प्रोत्साहनका लागि मात्र थोरै रकमले मात्रै भएपनि सम्मान गरेका हौं ।’ उनले खेलाडीलाई सगरमाथा र लालीगुराँससँग तुलना गर्दै उनले भने,‘खेलाडी राष्ट्रका गहना होईनन् । गहना त टल्किन्छ र सुरक्षा गर्न लुकाएर राख्नुपर्ने हुन्छ । बरु खेलाडी त सम्पती हो ।’

सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम तमुले गण्डकीले क्रिकेटको नेतृत्व गर्नसक्ने हैसियत बनाउनुपर्ने बताए । त्यसका लागि प्रदेश सरकारले अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउने तयारी स्वरुप योजना अगाडि बढाईरहेको उल्लेख गरे ।

सम्मानित खेलाडी करण केसीले सम्मानले थप राम्रो खेल्ने हौसला मिलेको बताए । तर सम्मान मात्रैले नपुग्ने बताउँदै उनले भने,‘हामीले डोमेस्टिक क्रिकेटलाई थप माथि लैजानुपर्ने चुनौति छ, त्यसका लागि हाम्रोमा पूर्वाधार बनेको छैन । अभ्यास गर्न अझैपनि भारत जानुपर्ने बाध्यता छ । यसको अन्त्यका लागि क्रिकेट रंगशाला बनाईदिनूस् । तत्काललाई अहिले भईरहेकै रंगशालाको स्तरोन्नती गरिदिनुस् ।’

क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेन्द्रबहादुर प्रजूले क्रिकेटको विकासका लागि पोखरामा वैकल्पिक क्रिकेट रंगशाला आवश्यक रहेको बताए । अहिलेको रंगशालामा प्रतियोगिता भए वैकल्पिक क्रिकेट रंगशाला नहुँदा अभ्याससमेत गर्नसमेत नपाउने बाध्यता रहेको उल्लेख गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।