पोखरा, चैत १५
अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई अर्पण गरिने भएको छ । पोखरेली युवा सांस्कृतिक परिवार ९पोयुसाँप०ले नेपाली गीत, संगीतका धरोहर अम्बर गुरुङको स्मृतिमा स्थापना गरेको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई अर्पण गरिने भएको हो ।
साहित्यकार सरुभक्तको संयोजकत्वमा तीर्थ श्रेष्ठ र विक्रम गुरुङसहित पोयुसाँपका अध्यक्ष उपेन्द्र पौडेल र सचिव चैतन्य अधिकारी पदेन सदस्य रहेको पुरस्कार छनौट समितिले खरेललाई पुरस्कार अर्पण गर्न सिफारिस गरेको थियो । सोहि सिफारिसलाई पोयुँसापको बैठकले पारित गरेको पोयुसाँपका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।
प्रत्येक दुई बर्षमा अर्पण गरिने पुरस्कारको राशी दुर्ईलाख रुपैयाँ नगदसहित दोषल्ला र सम्मानपत्र रहेको छ । पुरस्कार यहि बैशाख १६ गते पोखरामा अर्पण गरिने पोयुसाँपले जनाएको छ ।
नेपाली गीत, संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान दिनेमध्ये एक जनालाई छनौट गरी पुरस्कार प्रदान गरिने पुरस्कार स्थापनाकर्ता तथा पुरस्कार छनौट समितिका संयोजक सरुभक्तले बताएका छन् । उनका अनुसार लेखन, गायन, संगीत र वाद्यबादनको कुनै एक क्षेत्रमा वा बहुविधामा योगदान गरेका व्यक्ति छनौटमा पर्दछन् ।
पुरस्कृत खरेल ६ दशकदेखि अनवरत रुपमा नेपाली गीत लेखनको क्षेत्रमा क्रियाशिल छन् । वि।स।१९९५ साल माघ २७ गते कार्भेपलाञ्चोकको खरेल चोकमा जन्मिएका खरेलका ‘ए दूरका सितारा ९२०१४, गीत सञ्चयन०, के हो तिम्रो नाउँ ९२०२०, गीत सञ्चयन०, मेरी पारु ९२०२२, गीत सञ्चयन०, प्रियतमा ९२०३६ गीत सञ्चयन० प्रकाशित छन् । खरेलले एक सय भन्दा बढी चलचित्रमा गीत लेखेका छन् । उनी २०२०, २०२२, २०२६ र २०२८ मा रेडियो नेपालको सर्वोत्तम गीतकारका रुपमा पुरस्कृत भईसकेका छन् ।
खरेल शाही नेपाली चलचित्र संस्थानमा २०४३ देखि २०५० सम्म नायब महाप्रबन्धक बनेका थिए भने श्रीरत्न रेकर्डिङ संस्थान, संगीत प्रवद्र्धन समिति, केन्द्रीय चलचित्र जाँच समितिलगायतमा सञ्चालनक समिति सदस्य भईसकेका छन् ।
सरकार प्रमुखले प्रदान गर्ने विभिन्न विभूषणसहित पाँच दर्जन बढी सम्मान र अभिनन्दनबाट खरेल अभिनन्दित भईसकेका छन् । उनले २०३९ सालमा छिन्नलता गीती पुरस्कार तथा २०५६ सालमा राष्ट्रिय प्रतिभा पुरस्कारपनि प्राप्त गरिसकेका छन् ।
राष्ट्रगानका संगीत सर्जक अम्बर गुरुङको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो । गुरुङको जन्म वि।सं।१९९४ साल फागुन १५ गते बुबा उजीरसिंह गुरुङ र आमा रेणुका गुरुङका सुपुत्रका रुपमा भएको थियो । जन्म दार्जिलिङमा भएपनि अम्बर गुरुङको पुख्र्यौली थलो गण्डकी प्रदेशको तनहु जिल्लामा भएको पोखरेली युवा सांस्कृतिक परिवारले जनाएको छ । ‘नौ लाख तारा उदाए’ गीतबाट गीत,संगीतको यात्रा शुरु गरेका अम्बर वि।स।२०२६ सालमा संगीत विभागका प्रमुखका रुपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरेका थिए । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको गीति नाटक ‘कुञ्जिनी’ र ‘मुनामदन’मा संगीत संयोजन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







