काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपाध्यक्ष डा बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा सरकारमा पार्टीको सहभागिताको सम्बन्धमा छलफल गरिएको र उपाध्यक्ष भुसालको नेतृत्वमा सरकारमा जाने निर्णय भएको जानकारी दिए । उनका अनुसार पार्टीले तीन मन्त्रालयको दाबी गरेकाले अर्को मन्त्रालयका लागि पनि पहल गर्नेछ ।
यसअघि पार्टीले सरकारमा पठाउने नेताको नाम छनोट गर्न गठित कार्यदलले सम्पूर्ण कार्य सम्पन्न गरेपछि अन्तिम प्रस्ताव सचिवालयको बैठकमा पेश गरिएको थियो ।
पार्टी अध्यक्ष नेपालले सरकारमा पार्टीको संलग्नताका विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आजै साँझ छलफल गर्ने जनाइएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ६ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिनका लागि…





