लायन्स लेकसिटी अध्यक्षमा सोवितमान


     एभरेस्ट आवाज    
     चैत्र १६ गते २०७९ मा प्रकाशित




पोखरा,१५ चैत । लायन्स क्लव अफ पोखरा लेकसिटीको वर्ष २०२३÷२४ को लागि सोवितमान बुद्धाचार्य अध्यक्ष चुनिएका छन् ।
क्लवको निवर्तमान अध्यक्षमा कैलाश पालिखे, प्रथम उपाध्यक्षमा विद्या मर्सानी, द्धितीय उपाध्यक्षमा सत्यनारायण मण्डल,तृतीय उपाध्यक्षमा सूर्यप्रसाद श्रेष्ठ,सचिवमा सुदीप प्रधानाङ्ग,कोषाध्यक्षमा प्रेम शेरचन,सहसचिवमा राजेशमान बुद्धाचार्य,टेमरमा अरुण कायस्थ,खेल निर्देशका खेम गुरुङ,स्वास्थ्य निर्देशकमा इच्छामान बुद्धाचार्य,अन्तर्राष्ट्रिय निर्देशकमा अनिल ताङ्वे,वातावरण निर्देशकमा बैकुष्ठ रञ्जित,शिक्षा निर्देशकमा नारायण शर्मा,संस्कृति निर्देशकमा लक्ष्मण श्रेष्ठ,एलसीआइएफ निर्देशकमा टेकमान प्रधानाङ्ग,मेम्बरसीप अध्यक्षमा सुशीन ताङ्वे,क्लब मार्केटिङ अध्यक्षमा दशरथमान बुद्धाचार्य रहेका छन् ।

क्लबका वर्तमान अध्यक्ष पिएमसीसी दीपक श्रेष्ठ,लायन्स इन्टरनेसलन ३२५ के का गभर्नर राजेन्द्रकुमार बाटाजू, निर्वाचन संयोजक तथा संस्थापक अध्यक्ष कृष्णमोहन श्रेष्ठ,पूर्वअध्यक्ष टोपबहादुर थापा, पूर्वअध्यक्ष तीर्थबहादुर बस्नेतलगायतले मन्तव्य राखेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।