चैत १८ पोखरा । पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीना र पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली एकै मञ्चमा सम्मानित भएका छन् ।
सराङकोट स्थित सौरेखोला चौरपाखा मोटरबाटो निर्माण समितिले वडाध्यक्षद्वय तिमिल्सीना र पराजुलीलाई बाटो निर्माणमा महत्वपूर्ण सहयोग पु¥याएको भन्दै दोसल्ला तथा सम्मानपत्रले सम्मानीत गरेको हो।
शनिवार आयोजित बाटो स्तरउन्नती कार्यको आय व्यय सार्वजनिक, सम्मान एवम् छलफल कार्यक्रमका बीच वडाध्यक्षद्वय सम्मानित भएका हुन् ।
सम्मान पछि धारणा राख्दै पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले ओझेलमा परेका सडकहरुको स्तरउन्नतीमा वडाको ध्यान गएको उल्लेख गर्दै आगामि ४ वर्षमा सडक स्तरउन्नतीमा छलाङ मार्ने बताए । उनले पोखरा हेर्नका लागि सराङकोट उक्लनुपर्ने स्पष्ट पार्दै चौर हुँदै मेथलाङ पर्यटन पदमार्ग निर्माण गर्न वडा सकारात्मक रहेको पनि जनाए ।
पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले भौगोलिक विकटता भएका वडामा महानगरले प्राथमिकता दिनुपर्ने भन्दै विकास निरन्तर चल्ने प्रक्रिया भएको औँल्याए ।
त्यस अवसरमा पोखरा १८ का वडा सदस्यद्वय नमराज सुवेदी र कल्पना ढकाल क्षेत्री, बाटो निर्माण समितिका अध्यक्ष श्रीभद्र पौडेल, सचिव माया अधिकारी, सल्लाहकार टंकप्रसाद अधिकारी, अनुगमन समितिका सदस्य हरिश्चन्द्र अधिकारी, कोषाध्यक्ष इन्द्रबहादुर केसी लगायतले सडकको महत्वमाथि प्रकाश पारे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







