साङ्केतिक तस्विर
चैत १८ पोखरा। जातीय विभेद गरेको आरोप लागेका जनप्रतिनिधि पक्राउ परेका छन् । ब्रतबन्धमा निम्तो मान्न पुगेका व्यक्तिलाई जातीय विभेद गरेको आरोप लागेका कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य रामजी लामिछानेलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
जनप्रतिनिधि लामिछानेले कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ५ रिभानका सन्तोष परियारका छोराहरुको ब्रतबन्धमा दलितलाई सहभोज गर्नबाट रोकेको आरोप छ । उनले ब्रतबन्धको निम्तो मान्न पुगेका पोखरा–२९ भण्डारढीक बस्ने नारान भन्ने नारायण दमाई परियारलाई जातिय विभेद हुने गालीगलौज गर्दै सहभोज गर्नबाट रोकेका थिए । शुरुमा स्थानिय सीता लामिछानेले दलितका लागि छुट्टै भान्सा भएको भन्दै रोकेको र नारायणले ब्राह्मण भान्सामा आफूले भान्सा गर्दा के फरक पर्छ र भनेपछि जनप्रतिनिधि लामिछानेले ‘तिमी दलितहरु ठूला पल्टिन थालेछौ । हाम्रो भान्छा जूठो भयो भन्दै ब्राह्मण भान्सामा पाकेका दाल, भात, तरकारी, असार सबै भुईंमा घोप्टाएको आरोप छ ।
त्यसलगत्तै पीडित परियारले कास्की प्रहरीमा किटानी जाहेरी दिएका थिए । सोहि जाहेरीका आधारमा जनप्रतिनिधि लामिछानेलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
यसअघि प्रहरीले यहि केसमा ब्रतबन्धमा निम्तो गर्ने सन्तोष परियार र जातिय विभेद गर्ने सुजन लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ब्रतबन्धमा निम्तो गर्ने परियारले नारायणलाई फोन गरेर संस्कार अनुसार भोजन नगरी अटेर गर्दा आफूले गरेको भोज विफल भएको भन्दै सो भोजमा लागेको डेढ लाख रुपैयाँ फिर्ता दिन भन्दै रकम मागेको आरोप छ । सुजनले भने जनप्रतिनिधि लामिछाने र सीतासँगै मिलेर जातिय विभेदजन्य गालीगलौज गरेको आरोप छ ।
पक्राउ परेका लामिछानेलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको कास्की प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







