चैत २१ पोखरा । एमडिआर इण्डष्ट्रिजको उत्पादन रहेको यचु हेयर आयल अब पोखरामा उपलब्ध हुने भएको छ ।
कम्पनीले मंगलवार पोखरा पत्रकार सम्मेलन आयोजना गरि यसका बारेमा जानकारी दिइएको हो ।
पोखराको चिप्लेढुँगामा रहेको यू.एफ.ओ. भवनमा यचुको शाखा रहनेछ । .तेल बिशुद्ध नेपाली उत्पादन भएको र नेपालमै पाइने विभिन्न जडिबुटीजन्य तथा तेलजन्य कच्चापद्धार्थबाट केमिकलरहित तरिकाले उत्पादन हुने यचु हेयर आयलका अध्यक्ष उज्वल मानन्धरले बताए ।
पछिल्लो समयमा शहरी क्षेत्रका व्यक्तिहरुमा कपाल सम्बन्धि समस्या धेरै रहेको हँुदा कम उमेरमै कपाल झर्ने समस्या, तालु हुने समस्या तथा कपालमा चाँया पर्ने समस्यालाई मध्यनजर गर्दै आयुर्वेदिक तरिकाले नेपालमै लामो समयदेखि प्रयोगमा रहेको विधीबाट यो तेल उत्पादन गर्न शुरु गरिएको उनको भनाई थियो ।
चैत्र २२ मा पोखरा शाखाको औपचारिक शुभारम्भ हुने पोखरा शाखा कार्यालयका दुर्गेशमान श्रेष्ठले बताए । शुभारम्भको अवसरमा एक हप्तासम्म कम्पनीको हेयर ट्रीटमेण्टको टोली पोखरामा रहेर सेवा प्रदान हुने उनले जनाए ।
१ हप्ताको समयमा यचुका पुराना प्रयोगकर्ताका लागि निःशुल्क क्याम्प पनि सञ्चालन गर्ने उनको भनाई थियो ।
यचु तेलको २ सय ५० एम एलको मूल्य रु २ हजार ५ सय तोकिएको छ । यचुको मुख्य कार्यालय काठमाण्डौको स्वयम्भुमा रहेको छ । काठमाण्डौंको पानीपोखरी र जोरपाटी तथा चितवनको हाकिमचोकमा पनि शाखा बिस्तार भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







