पोखरामा बलियो नेपाल कप–२०२३ क्रिकेट प्रतियोगिता शुरु

- पोखरा र कर्णालीको बिजयी शुरुवात


     एभरेस्ट आवाज    
     चैत्र २२ गते २०७९ मा प्रकाशित




पोखरा, चैत २२

पोखरामा बलियो नेपाल कप–२३ क्रिकेट प्रतियोगिता शुरु भएको छ । बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभको आयोजनामा १९ वर्ष मुनिको बलियो नेपाल कप–२३ क्रिकेट प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको पोखरा महानगरपालिकाका मेयर धनराज अचार्यले उद्घाटन गरे ।

प्रतियोगिताको पहिलो दिन कर्णाली क्रिकेट एकेडेमी र पोखरा क्रिकेट एकेडेमीले बिजयी शुरुवात गरे । उद्घाटन खेलमा कर्णाली क्रिकेट एकेडेमीले पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंलाई १० रनले हरायो । कर्णालीले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर केवल १ सय २४ रनमा समेटिएपछि कर्णाली बिजयी भएको हो । यसअघि पहिले ब्याटिङ गर्दै कर्णालीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३४ रन बनाएको थियो । कर्णालीका लागि दयानन्द मण्डलले सर्बाधिक ५९ रन बनाए । ५२ बल सामना गरेका उनले ४ छक्का र ४ चौका हिर्काए ।

अर्को खेलमा घरेलु टिम पोखरा क्रिकेट एकेडेमीले जनकपुर क्रिकेट एकेडेमीलाई ६ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेर जनकपुरले १०१ रन बनाएको थियो । दिएको १ सय २ रनको लक्ष्य पाएको पोखराले १६ ओभरमा निर्धारित लक्ष्य पूरा ग¥यो ।

प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । । प्रतियोगितामा ईलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी र पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर सहभागि छन् । खेल लिगकम नक–आउटका आधारमा खेलाईंदैछ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार र दोश्रो हुनेलाई २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा म्यान अफ दी सिरिज घोषित एक जना खेलाडीलाई नगद १० हजारसहित ट्रफी तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलर एक÷एक जनालाई नगद ७÷७ हजार र ईमर्जिङ प्लेयरलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभका छुम्वी लामाले जानकारी दिए । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ दी म्याच बन्न सफल खेलाडीलाई नगद २ हजार ५ सयसहित ट्रफी प्रदान गरिने उनले बताए । पुरस्कार ठूलो कुरा होईन,उनले भने,‘खेलाडीमा लुकेको प्रतिभा उजागर गर्ने र उनीहरुलाई खेल्ने प्लेटफर्म सिर्जना गर्ने हाम्रो उद्देश्य हो’–उनले भने । उनका अनुसार प्रतियोगितामा सहभागि टिमका सम्पूर्ण खेलाडीलाई खाने, बस्ने सुविधा आयोजकले बेहोरेको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।