पोखरा, चैत २३
बलियो नेपाल कप–२३ क्रिकेट प्रतियोगितामा कर्णालीले लगातार दोश्रो जित निकालेको छ । बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभको आयोजनामा बुधबारदेखि शुरु भएको १९ वर्ष मुनिको बलियो नेपाल कप–२३ क्रिकेट प्रतियोगितामा कर्णालीले लगातार दोश्रो जित निकालेर अपराजित बन्दै महत्वपूर्ण ४ अंक प्राप्त गरेको छ ।
प्रतियोगिता अन्तर्गत विहीबार भएको खेलमा कर्णालीले ईलाम क्रिकेट एकेडेमी फर युथलाई ३२ रनले पराजित ग¥यो । पहिले व्याटिङ गरेको कर्णालीले १३ ओभरमा छोट्याइएको खेलमा ४ विकेट गुमाएर १२२ रन बनाएको थियो । १२३ रनको लक्ष्य पछ्याएको ईलाम क्रिकेट एकेडेमी फर युथ ६ विकेट गुमाएर केवल ९० रनमा समेटिएपछि कर्णाली बिजयी भएको हो । यसअघि बुधबारको खेलमा कर्णालीले पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंलाई १० रनले पराजित गर्दै बिजयी शुरुवात गरेको थियो ।
विहीबारको खेलमा कर्णालीका लागि विराट भण्डारीले विष्फोटक पारी खेले । ३८ बलको सामना गरेका उनले ६२ रनको योगदान दिए । प्रतियोगितामा उनी प्लेयर अफ दी म्याच घोषित भए ।
त्यस्तै, आजै भएको अर्को खेलमा स्टार क्रिकेट एकेडेमीले घरेलु टोली पोखरा क्रिकेट एकेडेमीलाई २५ रनले पराजित ग¥यो । पहिले व्याटिङ गरेको स्टार क्रिकेट एकेडेमीले १९.१ ओभरमा ४ विकेट गुमाउँदै ९१ रन बनाएको थियो । ९२ रनको सामान्य लक्ष्य पछ्याएको पोखरा क्रिकेट एकेडेमी १९.४ ओभरमा अलआउट हुँदै केवल ६६ रनमा सिमित भएपछि स्टार क्रिकेट एकेडेमी बिजयी भयो ।
प्रतियोगितामा अमर मिश्र प्लेयर अफ दी म्याच घोषित भए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







