चैत २५
साँघुमुख महेन्द्रपुल बजार समितिको अध्यक्षमा नबराज कोईराला चयन भएका छन् । समितिको शनिबार सम्पन्न एघारौं साधारण सभा तथा छैटौं अधिवेशनले निवर्तमान उपाध्यक्ष कोईरालालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
समितिको उपाध्यक्षमा उपाध्यक्ष नारायण बास्तोला, महासचिवमा दुर्गा रन्जित श्रेष्ठ , सचिवमा राजु सुनार र कोषाध्यक्षमा राजेन्द्र अधिकारी चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा कृष्णहरी भट्टराई, श्रीराम गौतम, शिव आचार्य, रमेश सापकोटा, दीपा कार्की, मनिषा रेग्मी, केदार बराल र रुद्र बस्नेत चयन भएका छन् ।
यसअघि अधिवेशनको पोखरा महानगरपालिकाका प्रवक्ता तथा पोखरा–२५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले बढ्दो ब्याजदर र पार्किङ व्यावसायीका साझा समस्या भएकाले यी समस्या समाधानका लागि महानगरले योजना ल्याउन लागेको बताए । साथै आर्थिक मन्दीलगायतका समस्या महानगरले चाँडै सम्बोधन गर्ने बताए ।
समितिका निवर्तमान अध्यक्ष रामचन्द्र तिमिल्सिनाको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन शत्रमा उपाध्यक्ष नबराज कोइरालाले स्वागत तथा महासचिव हरि तिवारीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न व्यवसायी संघसंस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा कक्षा १२ उत्तिर्ण व्यावसायिका छोराछोरीलाई सम्मान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







