काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य डा ढाकाकुमार श्रेष्ठलाई सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।
आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका महान्त्री एवं प्रवक्ता डा मुकुल ढकालले छानबिन पूरा नभएसम्म सांसद श्रेष्ठलाई पार्टीको साधारण सदस्यका हैसियतमा काम नगर्ने/नगराउन निर्देशन दिएको जानकारी दिएका हुन् ।
स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवादबारे छानबिन गर्न तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको उनले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







