पोखरा, २७ चैतः गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशनबहादुर गाहामगरले मगर समुदायको मातृभाषा, कला, धर्म, संस्कृति र रीतिरिवाजको संरक्षण गर्न आवश्यक रहेको बताएका छन्।
पोखरामा आयोजित मगर कथानक चलचित्र ‘उखान’को विशेष प्रदर्शन समारोहलाई सम्बोधन गर्दै उनले मगरा समुदायको अस्तित्व हराउने बताउदै भाषा, कला, धर्म, संस्कृति र रीतिरिवाजको संरक्षण गर्न आवश्यक रहेको बताए ।
उनले फरक प्रसंगमा बोल्दै आदिवासी जनजाति समुदायले राजनीतिक दलहरुले भोटको लागि मात्र प्रयोग गरेको भन्दै नेतृत्वका लागि अब प्रतिस्पर्धामा आउन आग्रह गरे । ‘जुनसुकै राजनीतिक पार्टीले जनजाति समुदायलाई भोटको लागि मात्र प्रयोग गरेको पाइन्छ, उनले भने , ‘मुख्य प्रतिस्पर्धामा किन लिन चाहँदैनन्, मुलुकको समृद्धिको लागि अब जनजाति समुदायले नेतृत्व गर्न आवश्यक छ ।’
यस्तै मगर कथानक चलचित्र ‘उखान’का निर्देशक मेक आलेमगरले चलचित्र प्रर्दशनबाट संकलित रकम साामाजिक कार्यमा खर्च गर्ने बताए ।
‘चलचित्र प्रर्दशनबाट आएको रकम सामाजिक कार्यमा खर्च गर्ने लक्ष्य हो । उखान चलचित्रले मगर समुदायका भाषाको आवश्यक छ र सबैले मगर समुदायले भाषाको संरक्षण गर्नुपर्ने सन्देश दिएको छ,’ उनले भने ।
एक्सन फिल्मसको ब्यानरमा निर्माण भएको मगर कथानक चलचित्र ‘उखान’ काठमाडौंको राष्ट्रिय नाचघर जमलमा माघ १८ गते र पोखरामा आज प्रदर्शन भएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४३…





