पोखरा । आदर्श बचत तथा ऋण सहकारी संस्था लि।पोखरा १३ आर्वाको वार्षिक ९क्यालेण्डर० भित्तेपात्रो विमोचन गरिएको छ।
नयाँ वर्ष २०८० सालको आगमन संगै सहकारी द्वारा प्रकाशित क्यालेण्डर आज सहकारीमा आयोजित एक कार्यक्रमका विच विमोचन गरिएको हो।
पोखरा(१३ पाटनवेशीमा रहेको प्रधान कार्यालयमा सहकारीका अध्यक्ष राजेन्द्र प्रसाद बराल लगायत सहकारीका पदाधिकारी, सदस्य तथा बिभिन्न उपसमितिका संयोजकहरुले संयुक्त रुपमा भित्तेपात्रोको विमोचन गरेका थिए।
सो अवसरमा आईरहेका नयाँ वर्ष २०८०सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान समेत गरिएको थियो।
कार्यक्रममा सहकारीका अध्यक्ष राजेन्द्र प्रसाद बरालले सहकारीले गरेका गतिविधि तथा आगामी दिनमा सहकारीले गर्ने भावी योजनाका बारेमा जानकारी गराएका थिए।
उनले आदर्श सहकारी अहिले सम्म कुनै पनी वहानामा पछाडी नरहेको, शेयर सदस्यहरुलाई कुनै पनी आर्थिक कारोवारमा ढिलासुस्ती नगरिएको, र प्रतिष्पर्धात्मक रुपमा सहकारी अगाडी बढेको जानकारी दिए। समय सापेक्ष हामी अगाडी बढिरहेका छौं भन्दै उनले ढुक्क संग कारोवार गर्न सबै शेयर सदस्यहरुलाई आग्रह गरे।
हाम्रो सहकारीमा कुनै पनि आर्थिक कारोवारमा समस्या नरहने भन्दै उनले सहकारीको नियम कानुन र यसको मर्मलाई आत्मसात गर्दै अगाडि बढ्न सबैलाई आव्हान गरे। कार्यक्रममा सहभागीहरुले सहकारी र यसका विविध पक्षबारे आआफ्ना धारणा राखेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







