पोखरा । निसीखोला गाउँपालिकाले आयोजना गरेको दोश्रो गाउँपालिका अध्यक्ष कप जारी रहेको छ । खेलकुद विकास समिती निसीखोलाको संयोजनमा सोमबारदेखि जारी रहेको प्रतियोगितामा भोली विविध खेलकुदका फाईनल खेलहरु सञ्चालन हुने छन् ।
भोली अन्तरपालिका स्तरिय पुरुष भलिवल प्रतियोगताको फाईनल खेलमा निसीखोला र गल्कोट नगरपालिकाविच प्रतिस्पर्धा हुनेछ भने महिला तर्फ निसीखोला र तमानखोला विच प्रतिस्पर्धा हुने संयोजक राजमन बुढामगरले बताए ।
उनका अनुसार ३५ वर्ष माथीको पुरुष भलिवल प्रतियोगितामा निसीखोला गाउँपालिकाको वडा नं. २ र ३ विच उपाधिका लागि भिड्ने खेल भिड्ने छन् ।
गाउँपालिका अन्र्तगत अन्तरपालिका स्तरिय पूरुष भलीवल प्रतियोगिता, खुल्ला महिला भलिवल, लोक दोहोरी प्रतियोगिता, सामुहिक नृत्य, आइटिएफ तेक्वान्दो प्रतियोगिता र ३५ बर्षमाथि उमेर समुहको पुरुष भलीवल प्रतियोगिताहरु जारी रहेको निसीखोला गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख जयराम पुन मगरले बताए।
उनका अनुसार अन्तरपालिका स्तरमा पुुरुष ६ टिम,खुल्ला महिला ३ टिम,३५ वर्ष माथिको पुरुष भलिवल ३ टिम,तेक्वान्दो प्रतियोगिता,सामुहिक नृत्य प्रतियोगितामा ४ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा पुरुष भलिवल प्रतियोगितामा प्रथम,द्धितिय तथा तृतिय हुनेले क्रमश १ लाख १५ हजार, ७० हजार र ४५ हजार प्राप्त गर्ने छन् भने महिला भलिवल तर्फ क्रमश ७० हजार, ४५ हजार र २५ हजार रुपैँया पुरस्कार प्राप्त गर्ने आयोजक ले बताएको छ। कार्यक्रम सञ्चालन गर्नका निम्ती पालिकाले १५ लाख रुपैयाँ बजेट विनीयोजन गरेको छ।
स्थानिय स्तरमा खेलाडी उत्पादन गर्न र प्रतिभा पहिचानका लागि यस्ता प्रतिगिताले महत्वपुर्ण भुमिका खेल्ने खेल संयोजक बुढामगरले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







