पोखरा । पोखरा महानगरपालिका वडा नं ३० को शिशुवामा शिशुवा नौबिशे टोलमा निर्माण गरिएको ढलान बाटोको बिहिबार नव वर्षका दिन उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि उद्घाटन गरिएको छ।
महानगरपालिका तथा उपभोक्ताको संयुक्त लगानीमा २२ लाख ८ हजार रुपैयाँ लागतमा निर्माण भएको १४८ मिटर ढलान बाटोको पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष दुर्गा बहादुर सुबेदी र निबर्वतमान वडा अध्यक्ष श्री राम पोख्रेलले उद्घाटन गरे।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष दुर्गा बहादुर सुबेदीले उपभोक्ताको अग्रसरतामा नमुना बाटो बनेको र महानगरपालिकालाई पनि सबैको स्वस्थ सहाभागिता तथा सहकार्य भए कुनै पनि विकास निर्माण कार्यमा वडा लगानी गर्न उत्साह बढेको र तत्पर रहेको भनाइ राखेका थिए।
त्यसै गरि निबर्तमान वडा अध्यक्ष श्री राम पोख्रेलले कुनैपनि सामाजिक सेवक सदाका लागि सामाजिक सेवामा लागि पर्ने र आफु पनि सदा सामाजिक सेवामा लागि पर्ने बताएका छन्।
बाटो निर्माण समितिका अध्यक्ष बिजय गुरुङको अध्यक्ष्यतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य उमा परियार, टोल विकास संस्थाका अध्यक्ष सुमित्रा सुबेदी, नागरिक परोपकार समन्वय संस्था, पोखरा– ३०का अध्यक्ष चिरन्जीवी तिवारीले भनाइ राखेका थिए।
कार्यक्रममा स्वागत मन्तब्य कार्यसमितिका तर्फबाट राजेन्द्र ओझाले राखेका थिए भने कार्यक्रमको संचालन सुरेन्द्र पौडेलले गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







