पोखरा । पोखरामा यस बर्ष (बि.सं. २०८० सालमा) बाघजात्रा निकालिने भएको छ । पोखरामा शनिवार सम्पन्न प्रारम्भिक भेलाले २३ वर्ष पछि बाघजात्रा निकाल्ने तय गरेको हो । यसका लागि निकट भबिष्यमा बृहत छलफल गर्न संस्कृतिकर्मी जवाहरलाल श्रेष्ठको संयोजकत्वमा भेला आयोजक समिति गठन गरेको छ ।
छलफल कार्यक्रममा यस अघि २०५७ सालमा प्रदर्शित बाघजात्राका संयोजक संस्कृतिकर्मी जवाहरलाल श्रेष्ठ, पोखरा महानगरपालिका वडा नं.२ का अध्यक्ष दिवसमान प्रधानाङ्ग, नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, सनातन धर्म सेवा समितिका पूर्व अध्यक्ष रवीन्द्र माकाजू, नेवाः खलः कास्कीका महासचिव सुविन्द्र श्रेष्ठ,मोहरिया टोल तायमचा: अध्यक्ष शिव श्रेष्ठ, भैरब सांस्कृतिक संरक्षण समितिका बिकल बड्गामी, २०५७ सालको बाघजात्रामा राजाको भूमिका निभाउनु भएका रामप्रसाद श्रेष्ठ र अध्येता सुनिल उलक उपश्थित थिए ।
प्रारम्भिक छलफलबाट आगामि बैशाख १६ गते शनिवार नेवाः छेँ मा बृहत छलफल कार्यक्रम गर्ने तय भएको छ । बृहद् छलफल कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य संरक्षक रहने गरी वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १६ , १९ का वडा अध्यक्षहरुका साथ नेवाः खलः कास्की तथा पोखरामा रहेका सम्पूर्ण कचाँ खलःका अध्यक्षहरु, मिसा पुचका अध्यक्षहरु, बिभिन्न टोलमा रहेका तायामचा समितिका अध्यक्षहरु लगायत यस क्षेत्रमा रहेका बिभिन्न जातीय समाजका अध्यक्षहरु तमू धिँ नेपालका अध्यक्ष, क्षेत्री समाजका अध्यक्ष, ब्राम्हण समाजका अध्यक्ष, मगर समाजका अध्यक्ष, थकाली सेवा समितिका अध्यक्ष तथा अन्य समितिलाई समेत सहभागी गराउने गरि बृहत भेला बोलाउने निर्णय भएको संयोजक जवाहरलाल श्रेष्ठले जानकारी दिए ।
त्रिदिवसीय रुपमा निकालिने बाघजात्रा कार्यक्रम यदि कुनै ब्यबधान नआए आगामी गाईजात्राको छेक पारी भदौ १८, १९, २० गते निकालिने प्रारम्भिक छलफल चलेको भेला आयोजक समितिका सचिव सुनिल उलकले बताए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







