प्रतिकात्मक तस्विर
पोखरा । पोखराको सेती खोंचमा खसेकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
शनिबार पोखरा–१५ स्थित सिताराम पुल नजिकैको खोंचमा चिप्लिएर खसेकी पोखरा– ८ नागढुंगा बस्ने स्मृति पराजुली (१२)को मृत्यु भएको हो ।
दिउँसो २ः ५० बजे खसेकी उनको साँझ ५ बजे उद्दार गरि पश्चिम क्षेत्रिय अस्पताल पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
पराजुली खसेको जानकारी पाउनसाथ पुगेको वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय रामबजार, सशस्त्र प्रहरी कालिका गणबाट पुगेको टोलीले खोजी गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







