पोखरा । पोखराको एक सहकारीले बचत कर्ताको रकम हिनामिना गरेपछि पिडित पक्षले आज अफिस घेराउ गर्न पुगेका छन् ।
भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था पोखरा शाखाले करिव ६ सय भन्दा बढी बचतकर्ताहरुको रकम हिनामिना गरेको हो । पिडित बचतकर्ता र संस्थाको तर्फबाट सहकारीका म्यानेजर पोखरा ५ स्थित मालेपाटनको खुल्ला चौरमा छलफल गर्न भनि त्यस तर्फ लागेका छन् ।
दिनभरी मेहनत गरि खाईनखाई जम्मा गरेको रकम हिनामिना हुदा विरौटा निवासी कुमारी लामा निराश अवस्थामा भिडमा छिन् । उनले खाजा घर सञ्चालन गरि अहिलेसम्म करिव ५ लाख सहकारीमा जम्मा गरेको बताईन् ।
त्यसैगरि अर्का पिडित भिम बहादुर राना मगरले पनि आमा र आफ्नो गरि दुईवटा खाता मार्फत गरि करिव ४ लाख सहकारीमा जम्मा गरेको गुनासो गरेका छन् ।
‘आफ्नो मेहनत बचत गर्दा आपतविपत पर्दा खर्च गर्न सजिलो होला भनेर विश्वास गरेर पैसा जम्मा गरेको अहिले यो हालत छ’,उनले भने , ‘यति ठुलो संख्या पिडितहरुको रकम सहकारीले केकसरी हिनामिना गरेको हो संस्थाको आन्तरिक पक्ष हामीलाई थाहा भएन ।
राना मगर र लामा जस्तै ६ सय भन्दा बढी पिडित छन् सहकारीबाट । ‘सहकारीले रकम हिनामिना गरेपछि अव कसरी अगाडी बढ्ने भनेर पिडित बचतकर्ताहरुकै आव्हानमा जम्मा भएका हौ,’ सहकारीका म्यानेजर रमेश न्यौपानेले भने,‘सञ्चालकहरु सम्पर्क विहिन छन्,सहकारीबाट तलब नपाएपछि हामी कर्मचारीहरुपनि पिडित नै छौ,त्यसैले छलफलका लागि यहाँ ठाउँ सानो भयो,मालेपाटन खुल्लाचौरमा छलफल गर्दैछौ ।’
उनका अनुसार सहकारीमा रकम जम्मा गरेका प्रत्येक बचतकर्ताको डिटेलस् निकालेर सहकारीले कहाँकहाँ लगानी गरेको छ,त्यो रकम सबै पिडितहरु मिलेर कसरी उठाउन सकिन्छ अथवा कसरी अगाडी बढ्ने भन्ने छलफल हुने छ । सञ्चालकहरु कुनैपनि सम्पर्कमा छैनन् ।
पोखराका २ सेवा केन्द्रमा ७ हजार २ सय बचतकर्ताले झन्डै ५४ करोड रुपैयाँ बचतमा राखेको सहकारीका कास्की प्रमुख रमेश न्यौपानेले जनाए । त्यही बचत रकमलाई सहकारीले विभिन्न ठाउँमा लगानी गरेको छ । पोखरामा पनि सहकारीले दुई ठाउँमा गार्डेन मार्टका नाममा स्टोर चलाएको छ ।
माघयता तरलतामा समस्या आएको र लगानी पनि ‘फ्रिज’ भएपछि सहकारी संकटमा आएको न्यौपानेको भनाइ छ । सहकारी केन्द्रीकृत भएको र सबै बचत रकम काठमाडौं पठाइने गरेकामा अहिले सञ्चालक नै फरार रहेको उनले जनाए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा र मकवानपुरको भीमफेदीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ११ जनाको मृत्यु…







