अंग्रेजसँगको लडाईंमा भक्ति थापासँगै विरगती प्राप्त गर्ने नाथु र प्रल्हादलाई राष्ट्रिय विभूती घोषणा गर्न माग


     एभरेस्ट आवाज    
     वैशाख ३ गते २०८० मा प्रकाशित




पोखरा, चैत ३

राजगढको लडाईंमा विरगती प्राप्त गर्ने सुब्बा नाथु गुरुङ र सुब्बा प्रल्हाद गुरुङलाई राष्ट्रिय विभूती घोषणा गर्न माग गरिएको छ । सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले पोखरामा आईतबार पत्रकार सम्मेलन गरेर गुरुङ द्वयलाई राष्ट्रिय विभूती घोषणा गर्न माग गरेको हो । अंग्रेजसँगको लडाईमा वि.स. १८७२ साल बैशाख ६ गते सुब्बा प्रल्हाद गुरुङले विरगती प्रप्त गरेका थिए भने सोहि लडाईंमा सामेल सुब्बा नाथु गुरुङको भने वि.स. १८७९ साल पुस २९ गते निधन भएको थियो ।

राजगढको लडाईंमा विरगती प्राप्त गर्ने विर भक्ति थापालाई सरकारले राष्ट्रिय विभूती घोषणा गरेकाले सोहि लडाईंमा विरगती प्राप्त गर्ने सुब्बा प्रल्हाद र सोहि लडाईं लडेर पछि निधन भएका सुब्बा नाथुलाई पनि राष्ट्रिय विभूती घोषणा गर्नुपर्ने प्रतिष्ठानको माग छ । प्रतिष्ठानका अध्यक्ष धर्मध्वज गुरुङले एउटै लडाईंमा विरगती प्राप्त गर्ने विर योद्धालाई राज्यले विभेद गरेकाले आवाज उठाउन बाध्य भएको बताए । ‘अंग्रेजसँगको लडाईका क्रममा राजगढमा खटिएका हुन् तीनैजना । वि.स.१८७२ साल बैशाख ५ गते विर भक्ति थापाले विरगती प्राप्त गरे । त्यसको भोलिपल्ट बैशाख ६ गते नाथु प्रल्हाद गुरुङले विरगती प्राप्त गरे । तर राज्यले भक्ति थापालाई मात्र राष्ट्रिय विभूती घोषणा ग¥यो तर सुब्बा प्रल्हादलाई गरेन ।’ उनले अंग्रेजसँगको लडाईंमा सुब्बा प्रल्हाद र नाथु दुबैको महत्वपूर्ण योगदान भएकाले दुबैलाई राष्ट्रिय विभूती घोषणा गर्नुपर्ने बताए । ‘एउटै ठाउँ, एउटै मोर्चा, भक्ति थापा कमाण्डर र सुब्बा नाथु र प्रल्हाद उप–कमाण्डर भएर लडाईं लड्दा विरगती प्राप्त गर्दापनि किन विभेद ? राज्यले समान व्यवहार गरोस् र राष्ट्रिय विभूती घोषणा गरोस्’–उनले भने ।

क्याप्टेन डम्बरसिंह गुरुङलेपनि ईतिहासलाई सम्मान गरेर सुब्बा प्रल्हाद र नाथुलाई राष्ट्रिय विभूती घोषणा गर्नुपर्ने बताए । ‘राज्यले अहिले कस्ता कस्ता व्यक्तिलाई त सहीद घोषणा गरिरहेको छ भने राष्ट्रको सपुत प्रल्हाद र नाथुलाई राष्ट्रिय विभूतीमा सूचीकरण गरोस्’–उनले भने ।

प््रतिष्ठानका महासचिव यामबहादुर गुरुङले राज्यले राष्ट्रिय विभूती घोषणा नगरेपनि आफूहरुले भने सुब्बा नाथु र प्रल्हाद दुबैलाई राष्ट्रिय विभूती भन्ने गरेको बताए । ‘अब राज्यलेपनि राष्ट्रिय विभूती घोषणा गरेर उहाँहरुको योगदानको कदर गरोस्’–उनले भने ।

राष्ट्रिय विभूती घोषणा गर्न माग गरिएका सुब्बा नाथु र प्रल्हादको घर कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका रिभानस्थित चौर हो । नाताले सुब्बा नाथु काका र सुब्बा प्रल्हाद भतिज हुन् ।

विरगती प्राप्त गरेका सुब्बा प्रल्हादको सम्मानमा तत्कालीन सरकारले उनको पल्टनको हातहतियारसहित ‘नगरा–निशान’ प्रदान गरेको थियो । सोहि ‘नगरा–निशान’लाई वर्षेनी पूजा गर्ने गरिएको छ भने सो पूजाका लागि खर्च गर्न भनेर सोहिबेला माछापुच्छ«े गाउँपालिकाको भराभरीमा ८० रोपनी र चौरमा २० रोपनी जग्गा गुठीका रुपमा प्रदान गरेकोपनि प्रतिष्ठानले जनाएको छ ।

यसैबीच, प्रतिष्ठानले विर योद्धा सुब्बा प्रल्हादको स्मृति दिवसको दिन बैशाख ६ गते उनको जन्म थलो रिभानमा ‘नेपालको एकीकरणमा सुब्बा प्रल्हाद र नाथुको योगदान’ विषयक अन्र्तक्रिया कार्यक्रम आयोजना गर्दैछ । सो कार्यक्रममा ईतिहासविद् प्रा.डा.जगमान गुरुङले उहाँहरुको योगदानबारे चर्चा गर्ने महासचिव यामबहादुर गुरुङले जानकारी दिए । सो अवसरमा प्रतिष्ठानले हरेक वर्ष वितरण गर्दै आएको गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नुका साथै पृथ्वीनारायण क्याम्पसमा स्नातक तहमा इतिहास विषयमा सर्बाधिक नम्बर ल्याउने विद्यार्थीलाई नगदसहित पुरस्कृत गर्ने उनले बताए ।

अंग्रेजसँगको लडाईंमा विरगती प्राप्त गर्ने सुब्बा प्रल्हाद गुरुङ र सुब्बा नाथु गुरुङलाई राष्ट्रिय विभूती घोषणा गर्न माग गर्न आयोजित पत्रकार सम्मेलनमा आयोजक । तस्बिर ः सन्देश÷नागरिक


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।