काठमाण्डौं । ‘प्रवल जनसेवाश्री’ मानपदवीले विभूषित विश्व कलायात्री नगेन सिंहलाई परराष्ट्रमन्त्री एनपी साउदले आफ्नैं कार्यालयमा सम्मान गरेका छन् ।
उक्त अवसरमा परराष्ट्रमन्त्री साउदले सिंहले बोकेका कला क्षेत्रको विकासका एजेण्डाहरु राम्रो रहेको अझै उन्नती प्रगती होस् भनि कामना गरे ।
सम्मानिय राष्ट्रपति बाट कलाकार विश्व कलायात्री नगेन सिंह ‘प्रवल जनसेवाश्री’ मानपदवी बाट विभूषित भएका थिए ।
संविधान दिवस २०७९ को अवसरमा घोषणा गरिएको मानपदवी, अलङ्कार, र पदक पाउने सूचीमा कलाकार विश्वकलायात्री नगेन सिंहको पनि परेका थिए ।
नयाँ वर्षको शुभ अवसरमा वैशाख १ गते राष्ट्रपति कार्यलयमा विभुषण सुशोभन समारोह आयोजना गरिएको थियो ।
कलाकारिता क्षेत्रमा उल्लेखनिय कार्य गरेको वापत नेपाल सरकारले उक्त मानपदवी प्रदान गरेको हो ।
विश्व कलायात्री सिंहले कलाकारिता क्षेत्रलाई सम्मान गरेकोमा खुसि व्यक्त गर्दै सरकार लाई धन्यवाद व्यक्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै…





