कोरोना सङ्क्रमणबाट थप १ जनाको ज्यान गयो


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०८० मा प्रकाशित




देशभर पछिल्लो २४ घण्टामा थप एक सय छ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

एक हजार आठ सय ८३ जनाको नमुना परीक्षण गर्दा एक सय छ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २६ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ४६ जना सङ्क्रमित निको भएका छन् । अहिले कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय १४ जना पुगेको मन्त्रालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।