फाइल तस्विर : रामचन्द्र पौडेल, राष्ट्रपति
नयाँ दिल्ली । भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
उनको स्वास्थ्योपचार बुधबारदेखि तेस्रो दिन पनि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्य र डाक्टरले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई बुधबार भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा सङ्क्रमण देखिएको थियो ।
राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र सात जना डाक्टरको टोली छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







